back
CTIZAN AD

कोभ्याक्स सुविधाको खोपको पहिलो खेप आइपुग्यो नेपाल

वि.सं.२०७७ फागुन २३ आइतवार

618 

shares

२३ फागुन, काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको खोपको पहिलो खेप सरकारले प्राप्त गरेको छ ।

विभिन्न देशका सरकार, अन्तरराष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य सङ्गठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप सरकारलाई आज प्राप्त भएको हो ।

कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोपमध्ये पहिलो चरणमा आज सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरेका तीन लाख ४८ हजार मात्रा अस्ट्राजेनेका खोपका साथै तीन लाख ५० हजार थान सिरिन्ज र तीनहजार पाँचसय थान सुरक्षित खोप बाकस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजै हस्तान्तरण गरिएको छ । कोभ्याक्सका प्राविधिक एवं आर्थिक साझेदारका प्रतिनिधिहरूको उपस्थितिमा खोप हस्तान्तरण गरिएको हो ।

कोभ्याक्स सुविधाका लागि अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न सामाजिक संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले सहयोग गरेका छन् । रासस

वि.सं.२०७७ फागुन २३ आइतवार १६:०२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...