फागुन २३, काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको फैसला अपेक्षा विपरित आएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको नाममा सर्वोच्च अदालतले गरेको फैसलाप्रति सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले फैसला अपेक्षा विपरित भएको बताए ।
‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ, यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु’, सञ्चार माध्यमसँगको कुराकानीमा उनले भनेका छन् ।
आइतबार सर्वोच्च अदालतले नेकपाको नाम विवादबारेको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको थियो । साथै सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा पूर्वको साबिक पार्टीहरुलाई नै मान्यता दिने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
सर्वोच्चको फैसलासँगै ब्यूँतिए एमाले र माओवादी केन्द्र (फैसलाको पूर्णंपाठसहित)
वि.सं.२०७७ फागुन २३ आइतवार १६:०९ मा प्रकाशित






























