
फागुन २३, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा संसद बैठक स्थगित गरेका छन् । कांग्रेसको नाराबाजीसँगै सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि प्रचण्ड–नेपाल समूहका सांसदहरुले बैठकको कार्यसूची अध्यादेश ल्याइएको भन्दै बहिस्कार गरेको थियो ।
आइतबार आएको सर्वोच्चको फैसलापछि सरकारको वैधता सकिएको र वैधतामाथि प्रश्न उठेको सरकारले अध्यादेश ल्याउन नमिल्नै भन्दै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए। तर, विरोधकैबीच अध्यादेश पेस भएको छ।