२३ फागुन, काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।
पुर्नस्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।
अर्काे बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल–नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए ।
बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । तर सहमति नजुटेपछि सभामुख सापकोटाले सूचना टाँस गरेर फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
वि.सं.२०७७ फागुन २३ आइतवार १९:०५ मा प्रकाशित






























