
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । अर्थ अभावले सताउनेछ भने चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । प्रतीक्षित नतिजा बिग्रनाले निराशा छाउनेछ । अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ । सञ्चित रकम अरूका लागि खर्चनुपर्ला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। मनग्य आम्दानी बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशेष उपहार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ । पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला । चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ । अप्रिय समाचारले मन खिन्न रहनेछ । हतारका काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । महत्त्वा कांक्षी योजना कार्यान्वयनमा ल्याउन आफ्नैले बाधा पुर्याउलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले व्यवसायमा मनग्य लाभ दिलाउनेछन् । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
२०७७ फागुन २४ गते, सोमवार, (८ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४