२४ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक आज ३ बजे पेरिस डाँडामा बस्दैछ ।
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरेर नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई ब्युँत्याइदिएपछि पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सर्वोच्चले विवादित रहेको नेकपा नामको. वारेमा ऋषि कट्टेल नेतृत्वको नेकपालाई आइतबार मान्यता दिएर ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको पूर्व नेकपा (माओबादी केन्द्र) ब्युँत्याइदिएपछि देशमा राजनीतिक घटनाले नयाँ मोड लिएको छ ।
प्रचण्ड–माधव समूहले सर्वोच्चको यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको तथा सोच्नै नसकिने खालको रहेको बताएको छ ।
वि.सं.२०७७ फागुन २४ सोमवार ०९:०० मा प्रकाशित






























