back
CTIZAN AD

सर्वोच्चले सरोकारै नभएको विषयमा प्रवेश गरेर अस्वभाविक फैसला गर्यो– नारायणकाजी श्रेष्ठ

वि.सं.२०७७ फागुन २४ सोमवार

972 

shares

२४ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सर्वोच्च अदालतले सरोकारै नभएको विषयमा प्रवेश गरेर अस्वभाविक फैसला गरेको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले सर्वोच्चको उक्त फैसला संविधान एवं कानूनको बिरुद्धमा रहेको, राजनीतिक आग्रह प्रेरित, बितण्डतापूर्ण तथा गलत रहेको भन्दै आफूहरुको गम्भीर असहमति रहेको बताएका छन् ।

सर्वोच्च अदालतले नेकपा नामको विवादमा आइतबार ऋषि कट्टेलका पक्षमा फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरेर नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई ब्युँत्याइदिएपछि प्रचण्ड–माधव समूहले त्यसलाई अस्वभाविक र संविधान एवं कानूनको बिरुद्धमा रहेको ठहर गरेको छ ।

‘यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक, बेठीक जे भएपनि स्वाभाविक हुनेथियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ, राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।

नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शाषन र ब्यबस्थाको बिरुद्ध बिभिन्न शक्तिहरुको षडयन्त्र अझै पनि जारी रहेको जारी छ भन्ने तर्फ गम्भीर ध्यान जानु आवश्यक देखिएको बताएका छन् ।

‘त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो ,“ अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुद्ध सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।“ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

वि.सं.२०७७ फागुन २४ सोमवार ०९:१७ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...