back
CTIZAN AD

स्थायी समितिमा रघुजी पन्तको सुझाब : पार्टी एकताका लागि प्रचण्ड र केपीबीच फेरि छलफल हुनुपर्छ

वि.सं.२०७७ फागुन २४ सोमवार

795 

shares

फागुन २४, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा स्थायी समिति सदस्यहरुले धारणा राखिरहेका छन् ।

स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकतालाई जोगाएरै जानुपर्ने धारणा राखेका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी एकताका लागि फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच छलफल हुनुपर्ने बताए । उनका अनुसार पार्टी एकताको सम्भावना छ भने त्यसका लागि दुवैले प्रर्यत्न गर्नुपर्छ ।

‘अदालतको फैसलाले नयाँ परिस्थिति विकास भएको छ, त्यसको लागि कमरेड अध्यक्ष प्रचण्ड र केपी ओलीले फेरि पनि कुराकानी गरेर यो एकतालाई अगाडि बढाउने सम्भावनाहरु छ भने त्यो सम्भावना पनि खोज्नुपर्छ भन्ने कुरा मैंले राखें’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ।

उनले फैसला केहि राजनीतिक खालको भएको पनि टिप्पणी गरे । अदालतको फैसलालाई सम्मान गर्नुको विकल्प नभएको उनको भनाई छ ।

‘सर्वोच्चको फैसला हो त्यसलाई सम्मान गर्नुपर्यो तर, अलिकति बढि राजनीतिक प्रकृतिको भयो’, उनले भनेका छन् ।

फैसलाका आधारमा आफुँहरु पूर्ववत अवस्थामा फर्किने वा नफर्किने भन्ने विषयमा छलफलमै रहेको उनले बताए । उनका अनुसार पार्टी एकता जोगाउन सम्भावना छ भने खोज्नुपर्छ ।

सोमबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको दल दर्ता कानूनसम्मत नभएको भन्दै बदरको फैसला गरेको थियो । साथै अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा पूर्वको नेकपा एमाले र माओवादी केन्द्र पनि ब्यूँतिएको फैसला गरेको थियो ।

 

वि.सं.२०७७ फागुन २४ सोमवार १८:०३ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...