फागुन २४, काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको छ ।
सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गर्ने निर्णय गरेको थियो । साथै अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाइ ब्यूँताउने निर्णय पनि गरेकाे थियाे ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अदालतको फैसलाप्रति न्यायिक पुनरावलोकनमा जाने पनि निर्णय गरेकाे छ । न्यायिक पुनरावलोकन पछि नयाँ निर्णय भयो भने त्यहिअनुसार अगाडि जाने उनले जनाए । उनका अनुसार तत्कालका लागि पार्टी अलग–अलग नै भएकाे छ ।
वि.सं.२०७७ फागुन २४ सोमवार १९:३० मा प्रकाशित






























