back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ८९ कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७७ फागुन २४ सोमवार

810 

shares

२४ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ३९९ नमुना परीक्षणमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा महिला ४० र पुरुष ४९ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ८१० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ९२७ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५५ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ९७ हजार २३६ नमुना परीक्षण गरिएको छ ।

देशैभरी गरिएको ४१११ नमुना परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि

 

वि.सं.२०७७ फागुन २४ सोमवार १७:०७ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...