back
CTIZAN AD

अख्तियारबाटै पक्राउ परे बैंक संचालकहरु

वि.सं.२०७७ फागुन २६ बुधवार

897 

shares

२६ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानकै क्रममा बैंक ठगी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरेको छ ।

साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसहित साविक रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. का संचालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा मंगलबार विशेष अदालत काठमाडौमा पेश गरिएको अख्तियारले जनाएको छ ।

बैंक ठगी प्रकरणमा मुछिएका काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको स्वच्छन्द बिकोइ विल्डर्स प्रा.लिका प्रमुख मनोज कुमार भेटवाललाई अख्तियारले बयानकै क्रममा पक्राउ गरेको छ ।

उनी बैंक ठगी काण्डका डिजाइनर मध्येका हुन् । भेटवाल इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक समेत हुन् ।

अख्तियारले फरक–फरक ११ वटा मुद्दामा ४० करोड बढि घोटाला भएको ठहरसहित उनीहरुविरुद्ध विगो दावीसहित मुद्दा दायर गरेको हो ।
ती फरक फरक मुद्दामा २ करोड देखि ११ करोडसम्म घोटाला भएको अख्तियारको दावी छ ।

वि.सं.२०७७ फागुन २६ बुधवार ०९:०७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...