back
CTIZAN AD

कैलालीमा भीम रावल र लेखराज भट्ट समर्थकबीच कुटाकुट

वि.सं.२०७७ फागुन २६ बुधवार

939 

shares

फागुन २६, कैलाली । कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई नेता भीम रावल र लेखराज भट्टका समर्थकबीच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा ‘नेम प्लेट’ राख्ने कुरामा विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले लेखराज भट्टलाई प्रदेश इन्चार्ज र नेता माधवकुमार नेपाल पक्षले भीम रावललाई प्रदेश इन्चार्ज मान्दै नेम प्लेट राख्न खोजे पछि विवाद भएको हो ।

बुधबार बिहानै माधव कुमार नेपाल पक्षधरले रावलको नाममा नेम प्लेट राखेको थियो । जसलाई ओली पक्षले हटाउँदै भट्टको नाममा नेम प्लेट राख्न खोजेपछि विवाद भएको थियो ।

नेम प्लेटको नाममा पार्टी कार्यालयमा कुटाकुट परेपछि प्रहरीले बलसमेत प्रयोग गरेको थियो ।

तत्कालिन नेकपाले सुदुर पश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी भीम रावललाई दिएको थियो । तर, पार्टी विभाजनसँगै ओली पक्षले रावललाई इन्चार्जबाट हटाउँदै भट्टलाई जिम्मेवारी दिएको थियो । तर, सर्वोच्चको फैसलासँगै साबिक अवस्थामै फर्किएको नेकपा एमालेभित्र जिम्मेवारी हेरफेरको विषयले विवाद जन्माएको हो ।

वि.सं.२०७७ फागुन २६ बुधवार १६:२६ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...