
काठमाडौं । पल शाह र रियाशा दाहाललाई ‘फिक्का चिया’ को तलतल लागेको छ । खेम सेन्चुरी र भूमिका गिरीले गाएको नयाँ गीत फिक्का चिया गीतको भिडियोमा पल र रियाशा फिचर्ड भएका हुन् ।
खेम पुनको संगीत रहेको फिक्का चिया गीतका शब्द राजवान क्षेत्रीले लेखेका हुन् । एरेञ्ज कृष्ण बिकले गरेका छन् । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ । भिडियोको निर्माण तिलक बहादुर श्रेष्ठको छ ।