२७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैज्ञानिक समाजवादी क्रान्ति गर्न बाँकी रहेका कारण सबै क्रान्तिकारीहरु एक ठाउँमा हुने विश्वास व्यक्त गरेका छन् ।
कम्पन मिडिया प्रा.लिद्धारा आयोजित ‘भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम ’ मा बोल्दै प्रचण्डले अहिलेसम्म आफु इमान्दारपुर्वक क्रान्तिको पक्षमा खटिएको, पार्टीले पठाएरै प्रधानमन्त्री हुन गएको र प्रधानमन्त्रीमा रहँदा पनि सकेसम्म देश, जनता र क्रान्तिको ऐजेण्डा बोक्ने गरेको बताएका थिए ।
आन्दोलनको नियमितताका क्रममा भित्रि र बाहिरी धेरै घुम्ति पार गरेको बताउँदै उनले केपी ओलीको प्रतिगमन सम्म आइपुग्दा आफुले १९ पेज लेखेर ‘वमवार्ड दि हेडक्वाटर’ गरेको स्मरण गराएका थिए । आन्दोलनमा धोका दिएको भन्ने माओवादी सहकर्मीहरुको जवाफ दिँदै उनले समाजवाद र वर्ग निष्ठा पक्रेर आफ्ले गरेको संघर्ष नविर्सन आग्रह गरेका थिए । क्रान्ति कसरी र कुन बाटोबाट गर्ने भन्ने विषयमा विप्लवप्रति संकेत गर्दै उनले भने, ‘अब उहाँहरु पनि महसुसका साथ आउनु भएको छ, सँगै मिलेर काम गर्नुपर्छ ।’ प्रतिक्रियावादी र प्रतिगमनकारी विरुद्ध लड्ने जाँगर आफुसँग अझै रहेको र भरत ढुंगाना लगायतका सबै शहिदहरुको सपना बोकेकोले चिहानबाट शहिदको शरिर ब्युतिएर पनि लडाइँ लड्ने भावनात्मक मंतव्य दिएका थिए ।

सहिद भरत ढुंगानाकी जीवन संगीनी बिन्दा ढुंगानाको सभापतित्व, नारायण नेपालको स्वागत मन्तव्य तथा सहिद पुत्र विजय ढुंगानाको धन्यवाद मंतव्य रहेको सो कार्यक्रममा नेकपा (विप्लव समुह) का नेता अनिल शर्माले व्यवस्था फेल भएकाले आत्मालोचना गरेर अघि बढ्न र शास्त्रास्त्र गर्न प्रचण्डलाई सुझाएका थिए भने नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य दिनेश शर्मा सागर ले क्रान्तिघातप्रति गम्भीर रुपले आत्मसमिक्षा गर्दै संघीय जनगणतन्त्रका लागि जुट्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले भरत ढुंगानाको जनपक्षियता र लोकप्रियता चर्चा गर्दै शान्तिपुर्ण आन्दोलनको बाटो अहिले उपर्युक्त हुने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सचेतक केशव पाण्डेले ढुंगानाको राजनैतिक जीवन बारे चर्चा गरेका थिए भने नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हित बहादुर तामाङले जनयुद्धका क्रममा भरत ढुंगानाको योगदान स्मरण गराएका थिए ।
कार्यक्रममा अतिथि वक्ता रहेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जनयुद्धको नेतृत्व भएको नाताले प्रचण्डले सुध्रनु पर्ने सुझाव दिएका थिए ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १७:५१ मा प्रकाशित






























