२७ फागुन, काठमाडौं । केही वर्षदेखि भेटघाट पनि नभएका र अन्तरक्रिया गर्न पनि नपाएका माओवादी नेताहरुले विहीबार काठमाडौंमा एउटै मन्चमा बसेर बहस बढाएका छन् ।
सहिद भरत ढुंगनाको बारेमा लेखिएको पुस्तक सार्वजनिकीकरण तथा परीचर्चा कार्यक्रममा जनयुद्ध, सहिद र अबको बाटोको विषयमा बहश बढाइएको छ ।
कार्यक्रममा वक्ता रहेका नेकपा (विप्लव समुह) का नेता अनिल शर्माले संसदीय व्यवस्थाको अनुभव प्रष्ट भएको, समाजको नभएर प्रणालीको नै असफलता भएको भन्दै यो व्यवस्थामा ओली र देउवा वाराम्वार जन्मिने बताएका थिए । उनले गोरु व्याएर व्याउँती खान नपाइने भन्दै सँगै रहेका प्रचण्डप्रति शास्त्रास्त्र गर्ने प्रस्ताव राखेका थिए ।
कार्यक्रमका अर्का वक्ता तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपत्यका सेक्रेटरी दिनेश शर्मा सागरले संसदीय व्यवस्थामा यति चिप्लिदा पनि लोभ गर्न नछाडेको भन्दै जनवादी क्रान्तिको अभिभारा बारे प्रचण्डलाई स्मरण गराएका थिए । उनले संघीय गणतन्त्र नेपालको स्थापनाका लागि संघर्ष गर्नुपर्ने धारणा राखेका थिए ।
माओवादी आन्दोलनकै आफ्ना पुर्व सहकर्मीको संक्षिप्त जवाफ दिदै नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति कसरी सम्पन्न गर्ने विषयमा बिप्लवले समेत महशुस गरीसकेको परीप्रेक्ष स्मरण गराएका थिए । बैज्ञानिक समाजवादका लागि शास्त्रास्त्र गर्न आफु तयार रहेको बताउँदै प्रचण्डले बाकी कामका लागी क्रान्तिकारीहरुको एकता छिट्टै हुने र मिलेरै लडनुपर्ने विश्वास व्यक्त गरेका थिए ।
वि.सं.२०७७ फागुन २७ बिहीवार १७:५७ मा प्रकाशित






























