
फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता सहकार्यबारेको छलफलमा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।
केहि बेर अघिदेखि सुरु छलफलमा बाबुरामसहित जसपाका पाँच शीर्ष नेता उपस्थित छन् । प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार छलफलमा बाबुरासहित जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई छन् ।
अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ
— Baburam Bhattarai (@brb1954) March 10, 2021
संघीय परिषद् अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ‘ओली हटाऊँ, देश बचाऊँ’ भन्ने अभियान चलाईरहेका छन् । उनले प्रधानमन्त्री ओली खलनायक हुन् भन्दै लेखेको स्टाटस उनको ट्विटरको ‘पिनेड ट्विट’मा छ । बाबुरामले प्रतिनिधि सभा विघटनको घटनादेखि निरन्तर ओलीविरुद्व सामाजिक सञ्जालमा अभियान चलाउँदै आएका छन् ।
तर, ओलीले विभिन्न माग पुरा गर्ने आश्वासनसहित जसपासँगसत्ता सहकार्यको प्रस्ताव नै अघि बढाएपछि बाबुरामसहितका नेताहरु आर्कषित देखिएका हुन् ।