Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

आज शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । केही रकम भने अरूका लागि समेत खर्चनुपर्ला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ । अरूको चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । अधुरा काममा पहिलेकै समस्या दोहोरिने सम्भावना छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ । साथीभाइको आगमनले काममा हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ । मनग्य अर्थ लाभ पनि हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा विलम्ब हुन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । घरेलु समस्याले अलमल्याउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । समयमा सजगता नअपनाउँदा शुभचिन्तकहरू टाढिन सक्छन् । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । आलोचनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । बुद्धिको उपयोगले मात्र फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुरानो समस्या दोहोरिएला । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । पछि आम्दानी हुने काम फेला पार्न सकिनेछ । बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन् ।

२०७७ फागुन २८ गते, शुक्रवार, (१२ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (विहीवार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा