Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (विहीवार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा ?



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको प्रतिफल हातपार्न केही समय लाग्न सक्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम सम्पादन गर्ने समय छ । साथीभाइको सहयोगले पनि काममा उत्साह जगाउनेछ । सामाजिक दायित्व बढ्नेछ । महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगको नाममा झुक्याउनेहरूले दुःख दिनेछन् । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नयाँ काम थाल्न केही समय पर्खनुपर्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनुका साथै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । काम रोकिने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । शुभचिन्तकको सहयोगले केही काम सम्पादन हुनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषि तथा पशुपालनमा आम्दानी बढ्नाले धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ । असंयम बोलीका कारण धोका हुन सक्छ । स्वास्थ्य पनि प्रतिकूल बन्ने समय छ । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्ला । वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । विशेष उपहार, सम्मान आदि प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक क्षमताको तारिफ हुनाले अध्ययनमा ध्यान केन्द्रित हुनेछ। व्यक्तित्व निखार्ने अवसर छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । पछिका लागि भने लगानी बढाउन सकिनेछ ।

२०७७ फागुन २७ गते, बिहीवार, ११ मार्च २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा