Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अस्वस्थताले काममा जुट्न नसकिएला । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । आशा देखाउनेहरूबाट धोका हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मिहिनेतको फल प्राप्त हुनेछ । फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ । व्यापारमा लाभ लिने समय छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अहिलेको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । साथीभाइको सहयोगले काम बनाउन सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा समय दिन नसकिएला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला । मौकाको फाइदा उठाउन नसकिएला। आफ्ना कमजोरी सार्वजनिक हुन सक्छन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा नयाँ काम फेला पर्नेछ । कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । केही रकम भने अरूका लागि खर्चनुपर्ने हुन सक्छ ।

२०७७ फागुन २६ गते, बुधवार, (१० मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज मंगलबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा