back
CTIZAN AD

पैसा तिर्न नसकेपछि १८ वर्षीय युवकको शब न्युरो अस्पतालमा बन्धक

वि.सं.२०७७ चैत १ आइतवार

768 

shares

१ चैत, विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले शब नै बन्धक राखेको छ ।

धनुषाको धनुषाधाम ४ हरिपुरका कैलास कापरको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालले पैसा नर्तिदासम्म शब दिन अस्विकार गरेको हो ।

फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कापरको न्युरो अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । उपचारकै क्रममा फागुन २० गते उनको मृत्यु भएपछि अस्पतालले परिवारले पैसा नतिरेको भन्दै शब दिन अस्वीकार गरेको आइतबारको अन्नपूर्णपोष्टमा समाचार छ ।

मृतकका हजुरवुवा मधुरी कापरले अस्पतालले नातिको शब बन्धक बनाएर राखेको बताए । पैसा नबुझाएका कारण शब हेर्न समेत नदिएको उनको भनाइ छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारको बाँकी रकम तिर्न सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० हजार बुझाएका छन् । टाउकोको शल्यक्रिया गरिएको भन्दै अस्पतालले ३ लाख ८५ हजार रकम मागेको मधुरीले बताए ।

चार सन्तानमध्ये छोराको मृत्यु भएपछि बाबुआमा बेहोस रहेका छन् । तर अस्पतालले नातिको अन्तिम संस्कार गर्न पनि नदिएको पीडा उनले पोखेका छन् । भएको ५ धुर जग्गा बेचेर उपचार गरेको बताएका उनी भन्छन् ‘ऋण दिन कसैले मान्दैनन् ।’

वि.सं.२०७७ चैत १ आइतवार ०९:३० मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...