back
CTIZAN AD

दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो स्थानमा उक्लियो भारत लेजेन्ड्स, युवराज सिंहको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ चैत १ आइतवार

702 

shares

१ चैत, काठमाडौँ । रोड सेफ्टी वर्ल्‍ड सिरिज अन्तर्गत दक्षिण अफ्रिका लेजेन्ड्स र भारत लेजेन्ड्स बिचको खेलमा भारत लेजेन्ड्सले ५६ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारत लेजेन्ड्सले २० ओभरमा ३ विकेट गुमाएर २०४ रन बनाएको थियो । भारत लेजेन्ड्सका लागि ब्याटिङ्गमा सिचन तेन्दुलकरले सर्वाधिक ६२ रन बनाएका थिए । त्यसैगरी युवराज सिंहले पनि २२ बलमा ५२ रनको विस्फोटक ब्याटिङ्ग पारी खेलेका थिए । सचिन तेन्दुलकरले ९ चौका र १ छक्का प्रहार गरेका थिए भने युवराज सिंहले २ चौका र ६ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकी लेजेन्ड्सका लागि बलिङ्गमा मोन्डे जोन्डेकीले सर्वाधिक २ विकेट लिएका थिए ।

भारतीय लेजेन्ड्सले दिएको २०४ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकी लेजेन्ड्सले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । दक्षिण अफ्रिकी लेजेन्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि मोर्ने भ्यान विकले सर्वाधिक ४८ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा युसुफ पठानले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै भारत लेजेन्ड्सको टिम ६ खेलबाट २० अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लियो छ । त्यसैगरी श्रीलंका लेजेन्ड्सको टिम ५ खेलबाट १६ अकं सहित दोस्रो स्थानमा रहको छ भने १२ अकं सहित इंल्याण्ड लेजेन्ड्स र दक्षिण अफ्रिका लेजेन्ड्सको टिम तेस्रो र चौथो स्थानमा रहका छन ।

वि.सं.२०७७ चैत १ आइतवार ०९:३३ मा प्रकाशित

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन...

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

काठमाडौँ । फुटबल विश्वकप फाइनलअघि टिकटको मूल्यले विश्वभर चर्चा बटुलेको...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...