
काठमाडौं । नायिका आँचल शर्माले आफ्नो बिहेको वार्षिक उत्सव बानियाँटारमा रहेको नव जीवन परोपकार समाजमा पुगेर मनाएकी छिन् । श्रीमान डा.उदिप श्रेष्ठ सहित सासु र सुसुरासँग आँचलले आफ्नो फस्ट म्यारिज एनिभर्सरी मनाएकी हुन् ।
नव-जीवन परोपकार समाजमा अनाथ, अपाङ्गता भएका र दृष्टिबिहिनहरु बस्दै आइरहेका छन् । उनीहरुका लागि आदिप जोडीले टिभी सहित खाद्यन्न प्रदान गरेका हुन् । बिहे भए देखि नै आँचल र उदिपले सामाजिक कार्य गर्दै आइरहेका छन् । नायिका शर्मा र डा.श्रेष्ठबिच गत फागुन २९ गते भव्य विवाह भएको थियो ।