back
CTIZAN AD

ओलीका एकलौटी निर्णय रोक्न निर्वाचन आयोगलाई माधव पक्षले लेख्यो पत्र (पत्रसहित)

वि.सं.२०७७ चैत १ आइतवार

729 

shares

चैत १, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार गरेको आन्तरिक पार्टी निर्णयहरुलाई रोक्न माग गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा निवेदन पत्र बुझाएको छ । नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर गर्दै ओलीको निर्णयलाई वैधानिकता नदिन माग गरेका हुन् ।

‘यसबाट सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको सूचना बमोजिम पार्टी एकीकरणको सम्भावनाका सम्बन्धमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा बैठकमा राख्नबाट बञ्चित गरिएको छ। पार्टी एकीकरणका बारेमा छलफल गर्न कानुनसम्मत अवसरबाट दिइनुपर्नेमा उल्टै हामीहरुलाई कुनै जानकारी नै नदिइ बहुमत समेत नभएको बैठकबाट पार्टी विधान विपरीत केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको भनी सार्वजनिक भएको कामकारबाही नेकपा ९एमाले० को विधान विपरीत र अनाधिकृत छ’, पत्रमा भनिएको छ।

आयोगलाई बुझाइएको पत्रमा नेता नेपालसहित झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।

शुक्रबार प्रधानमन्त्री ओलीले आफुँ पक्षीय केन्द्रीय कमिटीको भेला गरेर पार्टी विधान संशोधनदेखि सांगठनीक संरचनाका विषयमा महत्वपूर्णं निर्णय लिएका थिए । उनले माधव कुमार नेपालसहित उनी पक्षीय सबैजसो नेताहरुलाई साबिक जिम्मेवारीबाट मुक्त गराएका छन् ।

यस्तो छ पत्र

No description available.

No description available.

वि.सं.२०७७ चैत १ आइतवार १७:५७ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...