back
CTIZAN AD

सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती हो – वरिष्ठ नेता पौडेल

वि.सं.२०७७ चैत २ सोमवार

480 

shares

२ चैत्र, पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे। नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए।

“देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्वउपप्रधानमन्त्री पौडेलले भने, “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।”

वि.सं.२०७७ चैत २ सोमवार १३:३६ मा प्रकाशित

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला...