
२ चैत्र, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको रोक्का रहेको शेयर कारोबार आज फुकुवा भएको छ ।
नेप्सेले यसअघि कम्पनीले कुनैपनी वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू नपठाएको भन्दै माघ १८ गतेदेखि कमपनीको सेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेका अनुसािर कम्पनीले नेप्सेमा स्पष्टिकरण बुझाउँदै आगामी दिनहरूमा त्यस प्रकारका विवरणहरु माग भए बमोजिम नै पठाउने प्रतिवद्धता गरेको हुनाले कारोबार फुकुवा गरिएको हो ।