-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा



चैत १, काठमाडौं । नेकपा (एमाले)का दुई पक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल)बीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा झण्डै दुई घण्टासम्म चलेको वार्ता सकिएको हो ।

आजको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणाहरु राखेका थिए । छलफलमा सहभागी नेता भीम रावलले जनाएअनुसार आजको वार्तामा कुनै सहमती भने हुन सकेन ।

आजको छलफलमा माधव पक्षले गत फागुन २८ ओली पक्षले गरेको केन्द्रीय समिति भेला र त्यसको निर्णय खारेज गर्नुपर्ने माग गरेको थियो । तर, ओली पक्षले भने उक्त कुराहरु स्वीकार गरेको छैन् ।

‘सर्वोच्च अदालतको फैसलासँग अमिल्दो हुनेगरि भएका गतिविधि अमान्य छन् भन्ने हाम्रो कुरा हो, गत फागुन २८ गते उहाँहरुको (ओली पक्ष) भेलाले गरेको निर्णयलाई हामी स्वीकार गर्न सक्दैनौं’, बैठकमा सहभागी रावलले भनेका छन्, ‘त्यो कुरामा उहाँहरु सहमत हुन सक्नुभएन्, यी विषयमा कुरा मिलेन ।’

उनका अनुसार फेरि छलफल गर्ने सहमती भएको तर, कहिले छलफल गर्ने टुंगो भने छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ परेका छन् । कोरियाको सुवन अध्यागमन

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली