back
CTIZAN AD

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीनवर्ष बढी जेल सजाय

वि.सं.२०७७ चैत ३ मंगलवार

945 

shares

३ चैत वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए ।

 

वि.सं.२०७७ चैत ३ मंगलवार ०९:३६ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...