
३ चैत, काठमाडौं । नेपाली सेनाद्धारा पोखरामा संचालित प्याराग्लाइडिङ तालिमका क्रममा दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु भएको छ ।
सोमबार दिउँसो प्याराग्लाइडिङ उडाउने क्रममा फेवातालमा खसेका धादिङ निलकण्ठ नगरपालिका घर भइ कालिजंग गणमा कार्यरत सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार दिउँसो सवादुई बजेको समयमा तालिमकै क्रममा फेवातालमा खसेका मगरको सेना र प्रहरीको टोलीले तत्काल उद्धार गरे पनि उनको रानीपौवास्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सेनाको उक्त टोली झण्डै २० दिनदेखि त्यहाँ तालिमरत रहेको थियो । file photo