
३ चैत्र, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पक्षमा समर्थन देखाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
आज राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा बोल्दै संसदको नेताको हैसियतले प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग संवाद र सहमती गरी आफ्नो क्षमता देखाइ संसदमा आफ्नो पक्षमा समर्थन देखाउनु पर्ने बताएका थिए ।
देश अहिले गम्भिर राजनैतिक संकटमा गुज्रेको बताउँदै उनले यो संकटको समाधान हाम्रो संविधानको परिधिभित्र रहेर खोज्नु पर्ने बताएका थिए ।
अर्काे प्रशंगमा डा लोहनीले प्रधानमन्त्रीलाई विश्व विद्यालयलाई राजनीतिक अखडा नबनाउन सुझाव दिँदै ‘अब देखी नेपाल भित्र कुनै पनि विश्व विद्यालयको कूलपति प्रधानमन्त्री नहुने व्यवस्था लागू गर्ने आँट देखाउन जरुरी रहेको बताए ।
आजको बैठकमा सहभागीहरु :
केपी शर्मा ओली(नेकपा एमाले)
ईश्वर पोखरेल(नेकपा एमाले)
सुवासचन्द्र नेम्वाङ(नेकपा एमाले)
विष्णु पौडेल(नेकपा एमाले)
रामबहादुर थापा(नेकपा एमाले)
शेरबहादुर देउवा(नेपाली कांग्रेस)
रामचन्द्र पौडेल(नेपाली कांग्रेस)
विमलेन्द्र निधि(नेपाली कांग्रेस)
शशांक कोइराला(नेपाली कांग्रेस)
पुष्पकमल दाहाल (नेकपा माओवादी केन्द्र)
नारायणकाजी श्रेष्ठ(नेकपा माओवादी केन्द्र)
देव गुरुङ(नेकपा माओवादी केन्द्र)
महन्थ ठाकुर(जनता समाजवादी पार्टी)
उपेन्द्र यादव(जनता समाजवादी पार्टी)
राजेन्द्र यादव(जनता समाजवादी पार्टी)
राष्ट्रिय जनमोर्चा(चित्रबहादुर केसी)
राप्रपा(डा.प्रकाशचन्द्र लोहनी)
प्रेम सुवाल(नेपाल मजदुर किसान पार्टी)
खिलराज रेग्मी(मन्त्रिपरिषद् अध्यक्ष)