back
CTIZAN AD

राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारवाही गर्ने ईश्वर पोखरेलको धम्कि, योगेश भन्छन्– प्रधानमन्त्रीलाई नै प्रमुख अतिथिको अपिल गरिएको छ

वि.सं.२०७७ चैत ३ मंगलवार

702 

shares

३ चैत्र, काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपाल–झलनाथ खनाल पक्षले बुधबार बोलाएको राष्ट्रिय भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीले आधिकारिक रुपमा कुनै भेला आयोजना नगरेको उल्लेख गर्दै राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाल कम्युनिष्ट पार्टी(एमाले)को नाममा यहि २०७७ चैत्र ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनि प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । नेकपा(एमाले)का तर्फबाट त्यस्तो कुनै पनि भेला आयोजना गरिएको छैन ।

यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला अयाोजनाको भ्रम नफैलाउन, र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा(एमाले) सबै नेता/कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ । अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ । ’

मंगलबार राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा पार्टी सचिव योगेश भट्टराईले उद्घाटन समारोहमा आउन पार्टी अध्यक्ष ओलीलाई निम्ता दिएको बताएका थिए । ‘भट्टराईले आफूहरु प्रत्येक कारबाही सहन तयार रहेको बताएका थिए ।

वि.सं.२०७७ चैत ३ मंगलवार २०:४४ मा प्रकाशित

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौँ, २४ जेठ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...