back
CTIZAN AD

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वि.सं.२०७७ चैत ४ बुधवार

633 

shares

४ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

पछिल्लो २ महिनामै ४ पटक मूल्य बढाइसकेको निगमले मंगलबार साँझ पुनः बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ उपाध्यायले जानकारी दिए ।

त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई रु एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।

 

वि.सं.२०७७ चैत ४ बुधवार ०७:४७ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...