back
CTIZAN AD

एफसी चितवन र प्रशिक्षक मेघराज के.सी एवम् मार्की खेलाडी भरत खवासवीच सम्झौता

वि.सं.२०७७ चैत ५ बिहीवार

693 

shares

५ चैत्र, काठमाडौं ।नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट शुरूहुँदै छ । न अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो ।

प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।

यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लि ले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त कुरा सार्वजनिक गरिएको थियो । पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमकावीच सो सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौत पत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्दै टीमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको बताए । विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रवन्ध निर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताए ।

मुख्य प्रशिक्षक मेघराज के।सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के।सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।

वि.सं.२०७७ चैत ५ बिहीवार ११:५१ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...