चैत ५, काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूह प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । बैठकमा नजाने भन्दै ललितपुरको हेरिटेड गार्डेनमा छुट्टै भेला गरेको नेपाल समूह अन्ततः बालुवाटारको बैठकमा सहभागी हुने निष्कर्षमा पुगेको हो ।
नेपाल समूहका सांसद कृष्णभक्त पोखरेलका अनुसार हाजिर लगाउन सहभागी हुन खोजिएको हो । उनको अनुसार बैठकमा शीर्ष तहका नेताहरु भने सहभागी हुने छैनन् ।
यसअघि बुधबार माधव समूहका सांसद तथा नेता योगेश भट्टराईले प्रधानमन्त्रीले बोलाएको बैठकमा आफ्नो समूह सहभागी नहुने बताएका थिए ।
सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधि सभा पुनःस्थापित भएसँगै नेकपा एमालेको संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो ।
सम्बन्धित समाचार
ओलीले बोलाएको संसदीय दलको बैठकमा नगएको नेपाल समूहले गर्याे छुट्टै भेला
वि.सं.२०७७ चैत ५ बिहीवार ११:५६ मा प्रकाशित






























