५ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको चौथो टि-२० आज अहमदाबादमा हुन गईरहेको छ । भारतले चौथो टि-२० मा पनि आफ्नो प्लेइङ्ग-११ मा केही परिवर्तन गर्ने देखिन्छ । लगातार ३ खेलमा राम्रो प्रदर्शन गर्न नसकेका केएल राहुललाई आज भारतले विश्राम दिन सक्छ । इंल्याण्डको टिमले भने आफ्नो प्लेइङ्ग-११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेका छ ।
इंल्याण्डले पहिलो र तेस्रो टि-२० जित निकाल्दैँ ५ खेलको टि-२० श्रृखलामा २-१ ले अग्रता लिएको छ । आज हुने चौथो खेलमा इंल्याण्डले जित निकाल्न सकेमा भारत विरुद्ध १ खेल बाँकी रहदैँ टि-२० श्रृखला आफ्नो नाममा गर्ने छ ।
यी दुई टिम बिचको खेल नेपाली समय अनुसार आज बेलुका ७:१५ बाट सुरु हुनेछ ।
भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, इशान किशन, केएल राहुल सूर्यकुमार यादव, विराट कोहली, रिषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेन्द्र चहल।
इंल्याण्डको सम्भावित प्लेइङ्ग-११
जेसन रोय, जस बटलर, डेविड मलान, जोनि बेयरिस्टो, इयोन मोर्गन, बेन स्टोक्स, जोफ्रा आर्चर, आदिल राशिद, श्याम करण, मार्क वुड, क्रिस जोर्डन।
वि.सं.२०७७ चैत ५ बिहीवार १२:४७ मा प्रकाशित
























