५ चैत, काठमाडौं । पूर्व बिद्यार्थी नेता डण्डु आचार्यको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ बिद्यार्थी संगठन तत्कालिन नेपाल प्रगतिशील बिद्यार्थी यूनियका नेतृत्वमा रहेर पञ्चायत बिरोधि आन्दोलनमा लागेका जुझारु बिद्यार्थी नेता डण्डु आचार्यको बुधबार दिउसो ३ :२५ बजे चन्द्रगढी झापामा असामयिक र दुःखद निधन भएको हो ।
पञ्चायती कालमा मेची क्याम्पस नेपाल प्रगतिशील बिद्यार्थी यूनियनको तर्फबाट बिद्यार्थीहरुको नेतृत्व गर्दै २०३५,३६ सालको संयुक्त बिद्यार्थी आन्दोलनमा लागेका उनी बिद्यार्थी माझ आफ्ना कुराहरु प्रष्ट राख्ने र उनीहरुलाई संगठमा आबद्ध भएर ‘बैज्ञानिक शिक्षाका निम्ति लडाई, आमूल परिबर्तनका निम्त पढाई’ भन्ने नाराका वरिपरी बिद्यार्थीहरुलाई गोलबन्द गर्न सक्रिय रहेका थिए ।
पुष्पलालको नीति र कार्यक्रम बोकेको पार्टीले मात्र देशलाई आमूल परिवर्तनको सही दिशामा लैजान र नेतृत्व गर्न सक्दछ भन्ने दृढ बिश्वासमा रहेका उनी सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका थिए ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराइले डण्डु आचार्यको निधनमा भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दै शोक संतप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् । स्व डण्डु आचार्य बामपन्थी नेता मुकुन्द आचार्यका भाइ हुन् ।
वि.सं.२०७७ चैत ५ बिहीवार १२:५० मा प्रकाशित




























