back
CTIZAN AD

बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई रु पाँच हजार

वि.सं.२०७७ चैत ५ बिहीवार

564 

shares

५ चैत, त्रीशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो ।

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनले कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले उपलब्ध गराएको बताए ।

नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र सङ्क्रमणविरुद्ध पौष्टिकयुक्त आहारा खान आग्रह गर्दै त्यसबापत रु पाँच हजार एकमुष्ट सहयोग दिने निर्णयानुसार सङ्क्रमति सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना सङ्क्रमितको सङ्ख्या करीब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरुका लागि पोषणभत्तास्वरुप रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या एकसयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए ।
रासस

वि.सं.२०७७ चैत ५ बिहीवार १२:५६ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...