
५ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले स.प.हु. (सहायक पण्डित हुद्दा), अ.क (अमल्दार कर्मचारी) प्रा.अम भेहिकल मेकानिक्स र प्रा.अम. इलेक्ट्रिसियन पदहरुका उम्मेदवारहरुको सैन्य आधार तालिम सम्बन्धी सूचना जारी गरेको छ ।
निर्देशनालयद्धारा संचालित विभिन्न छनौट परीक्षामा उर्तीण भइ २०७७/११/१४ तथा २०७७\११\२६ गतेबाट नियुक्त भएका उम्मेदवारहरुको सैन्य आधार तालिममा सहभागी हुन सेनाले सूचना जारी गरेको हो । साथै (नेपाली सेनाका बहालवाला उम्मेदवाहरु बाहेक) को लागि २०७७\१२\१० गते १० बजे जंगी अड्डास्थित भद्रकाली पेट्रोलपम्प नजिक पार्किङ इलाकामा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।