back
CTIZAN AD

नेप्सेमा हरियाली, यी कम्पनीका लगानीकर्ताले मनग्य कमाए

वि.सं.२०७७ चैत ५ बिहीवार

678 

shares

५ चैत, काठमाडौँ । साताको दोस्रो दिन बिहिबार सेयर बजारमा हरियाली देखिएको छ भने अधिकाशं कम्पनीका लगानीकर्ताहरुले उच्च अकं कमाएका छन ।

आज बजार परिसूचक ४२ दशमलव ९५ अकंले बढेर समग्र परिसूचक २४७५ दशमलव ०९ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ५५ अकंले बढेर ४४४ दशमलब १५ अकंमा पुगेको छ ।

आज व्यापार बाहेक श्रेत्रका सबै कम्पनी सूचक उकालो लागेको छ ।

आज कुल सूचिकृतमध्ये २१३ कम्पनीका ४ अर्ब ६४ करोड ३३ लाख ७३ हजार ९९० रुपैंया बराबरको १ करोड ११ लाख ३० हजार १९६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५७ हजार ५ सय ८ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल बंग्लादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल पूनर्बीमा कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बंग्लादेश बैंक, सनराईज फस्ट म्यूचल फण्ड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल ब्यालेन्सड फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारमा वृद्धिहुदाँ युनाइटेड इदी-मार्दी एण्ड आर.वि. हाइड्रोपावर र ग्रिन लाईफ हाइड्रोपवरका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका छन । त्यस्तै चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.९६ प्रतिशत, नेपाल बंग्लादेश बैंकका लगानीकर्ताले ९.७५ प्रतिशत, शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७.०३ प्रतिशतले कमाउदाँ, जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.८५ प्रतिशत, आँखुखोला हाइड्रोपावरका लगानीकर्ताले ६.३३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशत, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन ।

आज भएको कारोबारमा १३७ कम्पनी लागनीकर्ताले कमाउदाँ ३३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ८ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:१९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...