back
CTIZAN AD

एकदिवसीय र टि-२० श्रृखलाको लागि दक्षिण अफ्रिकी टिमको घोषणा, आईपिएल खेल्ने खेलाडीले टि-२० श्रृखला नखेल्ने

वि.सं.२०७७ चैत ६ शुक्रवार

747 

shares

६ चैत, काठमाडौँ । पाकिस्तान विरुद्धको एकदिवसीय र टि-२० श्रृखलाका लागि दक्षिण अफ्रिकी क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको चयन गरेको छ । दक्षिण अफ्रिकी क्रिकेट र्बोडले टेम्बा बावुमाको कप्तानीका एकदिवसीय श्रृखलाका लागि २२ खेलाडीको चयन गरेको छ भने टि-२० श्रृखलाका लागि १७ खेलाडीको चयन गरेको छ ।

एडेन माक्रम र वियान मलडर २ वर्ष पछि एकदिवसीय टिममा पर्न सफल भएका छन । दक्षिण अफ्रिकाको एकदिवसीय र टि-२० टिमबाट फाफ डुप्लेसीस र क्रिस मोरिस बाहिरिएका छन ।

त्यसैगरी टि-२० श्रृखलाका लागि पनि दक्षिण अफ्रिकाका केही नाम चलेका खेलाडीहरु उपलब्ध रहने छैनन् । पाकिस्तानको विरुद्धको टि-२० श्रृखलाका लागि उपलब्ध नहुने खेलाडीहरुमा टिमका पुर्वकप्तान क्विनटन डि कक, विस्फोटक ब्याट्सम्यान डेभिड मिलर, फास्ट बलर कागीसो रबाडा, एनरिच नोत्र्जे र लुंगी एनगिडी रहेको छन । इन्डियन प्रिमियर लिग आईपिएलमा पनि अप्रिल ९ बाट सुरु हुनेछ । दक्षिण अफ्रिकी क्रिकेट र्बोडले यी खेलाडीहरुलाई एकदिवसीय श्रृखला पछि आईपिएल खेल्न जानको लागि अनुमती दिएको हो ।

दक्षिण अफ्रिका र पाकिस्तान बिच अप्रिल २ देखी ३ खेलको एकदिवसीय श्रृखला र ४ खेलको टि-२० श्रृखला हुनेछ ।

पाकिस्तान विरुद्धको एकदिवसीय श्रृखलाका लागि दक्षिण अफ्रिकाको टिम
टेम्बा बावुमा, क्विन्टन डि कक, ब्यूरान हेन्ड्रिक्स, हेनरिक क्लासेन, जेन्नेमान मालन, केशव महाराज, एडेन मार्करम, डेभिड मिलर, लुंगी एनगिडी, आनिच नोर्त्जे, एन्डिले फेल्लुक्वायो, कागिसो रबाडा, तब्राइज शम्सी, जे जे स्मुट्स, रसी भ्यान डर डुसेन, जूनियर डाला, लुथो सिपमला, वियान मुलदर, सिसान्ड मगाला, काइल भेरिने, डारेन डुपाभिलन, लिजाड विलियम्स ।

पाकिस्तान विरुद्धको टि २० श्रृखलाका लागि दक्षिण अफ्रिकाको टिम
टेम्बा बावुमा, बोर्न फोर्टुइन, बेउरन हेन्ड्रिक्स, रीजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, जर्ज लिन्डे, सी भ्यान डर डुसेन, जेन्नेमान मालन, सिसान्ड मगाला, ड्वाइन प्रेटोरियस, तबराइज शम्सी, लुथो सिपमला, काइल भेरेने वाइन, मिगाएल प्रिटोरियस, लिजाड विलियम्स, विहान लुबे।

वि.सं.२०७७ चैत ६ शुक्रवार ११:२२ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...