back
CTIZAN AD

ओलीको हस्तक्षेपसँगै जसपाभित्र चरम किचलो, गुटगत भेलासँगै बढ्यो विभाजनको त्रास

वि.सं.२०७७ चैत ६ शुक्रवार

768 

shares

चैत ६, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बिहिबार बोलाइएको कार्यकारी समितिको बैठकलाई निकै चाँसोका साथ हेरिएको थियो । बिहिबारको बैठकबाट सत्ता समीकरणमा लागि निर्णायक मानिएको जसपाले कित्ता स्पष्ट पार्ने अपेक्षा गरिएको थियो । तर, पूर्वनिर्धारित बिहिबारको बैठक भने आन्तरिक किचलो बढेसँगै स्थगित हुन पुग्यो ।

बिहिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएसँगै जसपामा गुटगत भेलाहरु भने हुन थालेका छन् । कार्यकारिणी बैठक स्थगित गराएसँगै बिहिबार नै दुवै पक्षका गुटगत भेलाहरु भएका थिए ।

पूर्वराजपा समूहका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोको पहलमा बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा भेला भएको थियो भने पूर्वसंघीय समाजवादी समूहका नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका नेताहरु पार्टी कार्यालयमा जम्मा भएका थिए ।

ओलीको हस्तक्षेपसँगै जसपाभित्र भाँडभैलो

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सामान्य कलह चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा गत वैशाख ८ मा राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । अप्रत्यासित अध्यादेश ल्याइएसँगै तात्तिएको राजनीतिक माहोलका बीच जसपाका नेताहरुलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो । जससमय प्रधानमन्त्री ओली निकटस्थले नै स्पष्ट रुपमा जसपा विभाजन गराउन अध्यादेश ल्याइएको बताएका थिए ।

वैशाखमा गरिएको जसपा फुटाउने ‘रिहल्र्सल’ पुनः अहिले गर्न खोजिएको देखिन्छ । पछिल्लो समय ९ फागुनमा प्रधानमन्त्री ओलीले जसपाका पूर्व राजपा समूहका नेताहरुसँग गोप्य भेटघाट गरेसँगै जसपाभित्र बबण्डर मच्चिरहेको छ ।

९ फागुनमा प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई सुटुक्क बोलाएर सत्ता गठबन्धन निर्माणको लागि कार्यदल बनाउने निर्णय गरेका थिए । जससँगै महन्थ ठाकुरले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सदस्य रहेको कार्यदल बनाएका थिए । तर, जुन कुराको सुँईको पूर्व संघीय समाजवादीलाई थिएन ।

विवादका कारण चयन हुन सकेन नेता

कार्यदल निर्माणसम्मको तहमा पूर्वराजपा समूह पुगेपछि जसपाभित्रको कलह उचाईमा छ । आन्तरिक कलह बढेसँगै दुई पक्षबीच विश्वासको वातावरणसमेत बन्न सकेको छैन् ।

जसको कारण जसपाले संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन् । यसअघि राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमती भएको भएपनि सुटुक्क कार्यदल निर्माणसँगै पूर्वपसंद्दीय समाजवादी पक्ष निकै असन्तुष्ट छ ।

ओलीको पक्षमा पूर्वराजपा, माओवादी र कांग्रेसको पक्षमा पूर्वसमाजवादी

अहिले जसपा पूर्ववत अवस्थामै फर्किएको छ । अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई कुनै पनि हालतमा ओलीलाई साथ दिन नहुने लाईनमा देखिनु र महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओलीसँग सहकार्य गरेरै जानुपर्ने लाईनमा देखिनुले समस्या बनाईरहेको देखिन्छ ।

संसद विघटन गराउने ओलीको कदमविरुद्व पूर्वसंघीय समाजवादी समूह आक्रामक रुपमा आन्दोलनमा देखिएको थियो । सो समूह अहिले ओलीलाई जसरी पनि बिदाई गर्नुपर्ने लाईनमा देखिएको छ ।

संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले त सामाजिक सञ्जालमा ‘ओली हटाऊँ’ भन्ने अभियान नै चलाएका छन् । केहि दिन अघि ओलीले बोलाएको बैठकमा पनि उनले जान अस्वीकार गरेका थिए ।

अहिले जसपा ओलीसँग सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमै बाँडिएको छ । यसले अन्ततः पार्टी विभाजनसमेत गराउन सक्ने सम्भावना देखिन्छ ।

वि.सं.२०७७ चैत ६ शुक्रवार १०:५० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...