back
CTIZAN AD

मञ्चमै नाङ्गिएकी रियालाई मेरा केही सझुावहरु

वि.सं.२०७३ माघ १७ सोमवार

1.1K 

shares

riya-shreshta-2

पछिल्लो समय कलाकारहरुका लागि विदेश सुनको अण्डा जस्तो भएको छ । फिल्मवालाहरु फिल्म हलमा फिल्म नचले पनि विदेशमा लगेर प्रदर्शन गरेर आफ्नो लगानी उठाउने प्रयत्नमा देखिन्छन् । कलाकारहरुको सिडी/क्यासेट बिक्रीको जमाना गैसकेकोले स्टेज प्रर्दशन उनीहरुको बाध्यता भएको कारण विदेश जाने लहरो बढेको हो । बिदेशमा प्रदर्शन राम्रैे पक्ष हो, तर कलाकारको खोल ओढेर विदेश जाने र उतै हराउने प्रवृत्ति बढ्दै जाँदा राम्रा कलाकारहरु देशभित्र नरहने त होइनन भन्ने आशंका पनि बलियो बन्दै गएको छ ।
dhamaka-4कला देशको सम्पदा हो भने कलाकार देशका गहना हुन् । तर देशका गहना कलाकारले आफ्नो सिमा नाघ्यो भने उसको ब्यक्तिगत इज्जतमा मात्र होइन देशकै इज्जतमासमेत दाग लाग्छ । यस्तै दाग लाग्ने काम गरेको आरोप लागेको छ, कलाकार रिया श्रेष्ठ र हास्यकलाकार सुलेमान शंकर ‘ईकु’ माथि । मलेसियाको पेनाङमा चाइनिज नयाँ वर्षको अवसर पारेर ‘सांस्कृतिक धमाका ४’ नाम दिइ आयोजना गरिएको एक कार्यक्रममा कलाकार रिया र शंकरको प्रस्तुती अत्यन्त लज्जाजनक भएको टिप्पणी गरिएको छ । हुनत यसअघि पनि ज्योति मगरको प्रस्तुती उच्छ्रिङ्खल भएको भन्ने टिप्पणी आएको हो, तर ज्योतिलाई माथ गर्दै रियाको उत्ताउलो प्रर्दशनको भिडियो सार्वजनिक भएको छ । रियाको यो अश्लिल नृत्य हेरेर हेरुन्जेल थपडि मार्ने र वाह वाह गरेर सिटी बजाउने दर्शकहरु पनि क्षणभरमै उनै रियाप्रति आक्रोश व्यक्त गर्ने स्तरमा पक्कै पुगे होलान् । विदेशको भूमिमा अधिकांश नेपाली युवायुवती एकल भएर बस्न बाध्य स्थितिका बीचमा रियाले दिएको यसप्रकारको मनोरञ्जनले मनोविज्ञानमा समेत नकरात्मक प्रभाव पु¥याएको छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
विदेशको व्यस्त जीवनमा एकछिन भएपनि मन रमाउन खोज्नु मानवीय स्वभाव हो । उनीहरु बीच हाम्रा लोकभाका, संस्कृति र नेपाली भोगाईका गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिनु पर्ने हो, तर आफ्नै देशका दिदीबहिनीले यति छाडा प्रस्तुती गर्न नहुने हो । यस्तै धारणा व्यक्त गर्दछन् मलेसियामा कार्यरत टिका ओलि “यो मनोरञ्जन भन्दा पनि छाडा व्यवसायीक कोणबाट प्रर्दशन गरियोे ।”

पैसाको लागि खुल्ला रुपमा देह व्यापार भएजस्तो अनुभूति अरुलाई हुन दिनु हुँदैन । कलाकार भएर कलाको सम्मान गर्न जान्नै पर्दछ । कला भनेको नाच्नु, उत्तेजित भएर शरीरका कपडा उतार्नु वा भित्रि अंगहरु नाङ्गो रुपमा देखाउनु होइन । कला त आफ्नो सभ्यता र संस्कृतिसँग सिधा जोडिएको हुन्छ ।

यो कार्यक्रमको आयोजक युनिक नेपालले यसअघि पनि नेपालबाट कलाकारहरु लगेर सांस्कृतिक कार्यक्रम गर्दै आएको थियो । यसपटकको धमाका ४ मा कलाकारहरुले देखाएको प्रस्तुतीले कलाकारको उपहास गरेको छ भने कलाको अस्मिता लुटिएको अनुभूति भिडियो हेर्ने जोकोहीले गर्न सक्छ ।
आयोजक जसले पैसा लगानी गरेको हुन्छ उसले व्यवसायिक रुपमा हेरेकै हुन्छ, तर यसो भन्दैमा कला र कलाकारको प्रबद्र्धन गर्ने नाममा उसले सामाजिक रुपमा विकृति फैलाउने काम गर्न पाउँदैन र आफ्नो जिम्मेवारीबाट पछि हट्न मिल्दैन । कलाकारले के लगाउने, कसरी प्रर्दशित हुने कुरा शायद आयोजकबाटै निर्देशन भएको हुन्छ । यदाकदा केही कलाकार जानबुझ रुपमै छाडा रुपमा प्रर्दशित हुन खोज्छन् । यस्ता कलाकारको प्रदर्शनी बेचेर आयोजकले केही बढी दर्शक त कमाउला तर त्यो कमाइ व्यवसायिक आचरणभित्रको हुन सक्दैन ।
कलाकार व्यक्तिगत रुपमा पनि मनोरञ्जन दिने नाममा आफ्नो इज्जतको प्रदर्शन गरेर होइन कलाको मानमर्दनमा रहनु पर्दछ । विदेशी भूमिमा आफ्ना दाजुभाइ सामु यसरी निर्लज्ज हुनु अघि त्यहाँ मेरो आफ्नै दाजुभाइ वा कोही आफन्त पनि छन् भन्ने कुराको ख्याल गर्न सकियो भने शायद यति उच्छ्रिङ्खल हुन सक्दैनन् । पैसाको लागि खुल्ला रुपमा देह व्यापार भएजस्तो अनुभूति अरुलाई हुन दिनु हुँदैन । कलाकार भएर कलाको सम्मान गर्न जान्नै पर्दछ । कला भनेको नाच्नु, उत्तेजित भएर शरीरका कपडा उतार्नु वा भित्रि अंगहरु नाङ्गो रुपमा देखाउनु होइन । कला त आफ्नो सभ्यता र संस्कृतिसँग सिधा जोडिएको हुन्छ ।
कलाकारको दुरुपयोग गरेर पैसा कमाउने सोच नबनाई आफ्नै लोकसुसेली, आफ्नै संस्कृति र दुःख अनि खुशीलाई भावनाबाट प्रदर्शन हुन सक्ने गरी आयोजकले सांस्कृतिक कार्यक्रमको लेखाजोखा गर्न सक्नु पर्दछ । प्रत्येक व्यक्ति व्यक्तिले देशको इज्जत बढाउन मेरो भूमिका छ भन्ने कुराको ख्याल गर्न सके मात्र यसरी मञ्चमा कलाकारको अस्मिता उदाङ्गो हुनु पर्दैन । देशको सबै भन्दा ठूलो गहना कला हो, त्यसैले त्यो कलालाई सुहाउने गरी प्रयोग गरौँ ।
आयोजक युनिक नेपालका आफ्नै बाध्यता होलान्, कलाकार रिया बैनिका पनि झन ठूला महत्वकांक्षा होलान् अनि दर्शकहरुका बाध्यकारी चाहना अझै धेरै होलान् । नेपाली कला, नेपाली संस्कृति र नेपाली सभ्यतालाई केन्द्रमा राखेर हरेक नेपालीलाई आफ्नो कला र संस्कृति जीवन्त राखिरहन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको जरुरी हुन्छ नै । कलाको सजिवता उताउलो र भड्किलो प्रदर्शनीमा होइन, संस्कृति सम्प्रेषणको गाम्भिर्यताभित्रैबाट मनोरञ्जन खोज्न र दिन सकिन्छ । कलाको दुरुपयोग कत्ति नगरौँ, रिया बहिनीलाई यहि छ मेरो सुझाव ।

हेर्नुस् रियाको नग्न नृत्यको भिडियो ।

वि.सं.२०७३ माघ १७ सोमवार १५:४६ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...