Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

मञ्चमै नाङ्गिएकी रियालाई मेरा केही सझुावहरु



riya-shreshta-2

पछिल्लो समय कलाकारहरुका लागि विदेश सुनको अण्डा जस्तो भएको छ । फिल्मवालाहरु फिल्म हलमा फिल्म नचले पनि विदेशमा लगेर प्रदर्शन गरेर आफ्नो लगानी उठाउने प्रयत्नमा देखिन्छन् । कलाकारहरुको सिडी/क्यासेट बिक्रीको जमाना गैसकेकोले स्टेज प्रर्दशन उनीहरुको बाध्यता भएको कारण विदेश जाने लहरो बढेको हो । बिदेशमा प्रदर्शन राम्रैे पक्ष हो, तर कलाकारको खोल ओढेर विदेश जाने र उतै हराउने प्रवृत्ति बढ्दै जाँदा राम्रा कलाकारहरु देशभित्र नरहने त होइनन भन्ने आशंका पनि बलियो बन्दै गएको छ ।
dhamaka-4कला देशको सम्पदा हो भने कलाकार देशका गहना हुन् । तर देशका गहना कलाकारले आफ्नो सिमा नाघ्यो भने उसको ब्यक्तिगत इज्जतमा मात्र होइन देशकै इज्जतमासमेत दाग लाग्छ । यस्तै दाग लाग्ने काम गरेको आरोप लागेको छ, कलाकार रिया श्रेष्ठ र हास्यकलाकार सुलेमान शंकर ‘ईकु’ माथि । मलेसियाको पेनाङमा चाइनिज नयाँ वर्षको अवसर पारेर ‘सांस्कृतिक धमाका ४’ नाम दिइ आयोजना गरिएको एक कार्यक्रममा कलाकार रिया र शंकरको प्रस्तुती अत्यन्त लज्जाजनक भएको टिप्पणी गरिएको छ । हुनत यसअघि पनि ज्योति मगरको प्रस्तुती उच्छ्रिङ्खल भएको भन्ने टिप्पणी आएको हो, तर ज्योतिलाई माथ गर्दै रियाको उत्ताउलो प्रर्दशनको भिडियो सार्वजनिक भएको छ । रियाको यो अश्लिल नृत्य हेरेर हेरुन्जेल थपडि मार्ने र वाह वाह गरेर सिटी बजाउने दर्शकहरु पनि क्षणभरमै उनै रियाप्रति आक्रोश व्यक्त गर्ने स्तरमा पक्कै पुगे होलान् । विदेशको भूमिमा अधिकांश नेपाली युवायुवती एकल भएर बस्न बाध्य स्थितिका बीचमा रियाले दिएको यसप्रकारको मनोरञ्जनले मनोविज्ञानमा समेत नकरात्मक प्रभाव पु¥याएको छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
विदेशको व्यस्त जीवनमा एकछिन भएपनि मन रमाउन खोज्नु मानवीय स्वभाव हो । उनीहरु बीच हाम्रा लोकभाका, संस्कृति र नेपाली भोगाईका गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिनु पर्ने हो, तर आफ्नै देशका दिदीबहिनीले यति छाडा प्रस्तुती गर्न नहुने हो । यस्तै धारणा व्यक्त गर्दछन् मलेसियामा कार्यरत टिका ओलि “यो मनोरञ्जन भन्दा पनि छाडा व्यवसायीक कोणबाट प्रर्दशन गरियोे ।”

पैसाको लागि खुल्ला रुपमा देह व्यापार भएजस्तो अनुभूति अरुलाई हुन दिनु हुँदैन । कलाकार भएर कलाको सम्मान गर्न जान्नै पर्दछ । कला भनेको नाच्नु, उत्तेजित भएर शरीरका कपडा उतार्नु वा भित्रि अंगहरु नाङ्गो रुपमा देखाउनु होइन । कला त आफ्नो सभ्यता र संस्कृतिसँग सिधा जोडिएको हुन्छ ।

यो कार्यक्रमको आयोजक युनिक नेपालले यसअघि पनि नेपालबाट कलाकारहरु लगेर सांस्कृतिक कार्यक्रम गर्दै आएको थियो । यसपटकको धमाका ४ मा कलाकारहरुले देखाएको प्रस्तुतीले कलाकारको उपहास गरेको छ भने कलाको अस्मिता लुटिएको अनुभूति भिडियो हेर्ने जोकोहीले गर्न सक्छ ।
आयोजक जसले पैसा लगानी गरेको हुन्छ उसले व्यवसायिक रुपमा हेरेकै हुन्छ, तर यसो भन्दैमा कला र कलाकारको प्रबद्र्धन गर्ने नाममा उसले सामाजिक रुपमा विकृति फैलाउने काम गर्न पाउँदैन र आफ्नो जिम्मेवारीबाट पछि हट्न मिल्दैन । कलाकारले के लगाउने, कसरी प्रर्दशित हुने कुरा शायद आयोजकबाटै निर्देशन भएको हुन्छ । यदाकदा केही कलाकार जानबुझ रुपमै छाडा रुपमा प्रर्दशित हुन खोज्छन् । यस्ता कलाकारको प्रदर्शनी बेचेर आयोजकले केही बढी दर्शक त कमाउला तर त्यो कमाइ व्यवसायिक आचरणभित्रको हुन सक्दैन ।
कलाकार व्यक्तिगत रुपमा पनि मनोरञ्जन दिने नाममा आफ्नो इज्जतको प्रदर्शन गरेर होइन कलाको मानमर्दनमा रहनु पर्दछ । विदेशी भूमिमा आफ्ना दाजुभाइ सामु यसरी निर्लज्ज हुनु अघि त्यहाँ मेरो आफ्नै दाजुभाइ वा कोही आफन्त पनि छन् भन्ने कुराको ख्याल गर्न सकियो भने शायद यति उच्छ्रिङ्खल हुन सक्दैनन् । पैसाको लागि खुल्ला रुपमा देह व्यापार भएजस्तो अनुभूति अरुलाई हुन दिनु हुँदैन । कलाकार भएर कलाको सम्मान गर्न जान्नै पर्दछ । कला भनेको नाच्नु, उत्तेजित भएर शरीरका कपडा उतार्नु वा भित्रि अंगहरु नाङ्गो रुपमा देखाउनु होइन । कला त आफ्नो सभ्यता र संस्कृतिसँग सिधा जोडिएको हुन्छ ।
कलाकारको दुरुपयोग गरेर पैसा कमाउने सोच नबनाई आफ्नै लोकसुसेली, आफ्नै संस्कृति र दुःख अनि खुशीलाई भावनाबाट प्रदर्शन हुन सक्ने गरी आयोजकले सांस्कृतिक कार्यक्रमको लेखाजोखा गर्न सक्नु पर्दछ । प्रत्येक व्यक्ति व्यक्तिले देशको इज्जत बढाउन मेरो भूमिका छ भन्ने कुराको ख्याल गर्न सके मात्र यसरी मञ्चमा कलाकारको अस्मिता उदाङ्गो हुनु पर्दैन । देशको सबै भन्दा ठूलो गहना कला हो, त्यसैले त्यो कलालाई सुहाउने गरी प्रयोग गरौँ ।
आयोजक युनिक नेपालका आफ्नै बाध्यता होलान्, कलाकार रिया बैनिका पनि झन ठूला महत्वकांक्षा होलान् अनि दर्शकहरुका बाध्यकारी चाहना अझै धेरै होलान् । नेपाली कला, नेपाली संस्कृति र नेपाली सभ्यतालाई केन्द्रमा राखेर हरेक नेपालीलाई आफ्नो कला र संस्कृति जीवन्त राखिरहन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको जरुरी हुन्छ नै । कलाको सजिवता उताउलो र भड्किलो प्रदर्शनीमा होइन, संस्कृति सम्प्रेषणको गाम्भिर्यताभित्रैबाट मनोरञ्जन खोज्न र दिन सकिन्छ । कलाको दुरुपयोग कत्ति नगरौँ, रिया बहिनीलाई यहि छ मेरो सुझाव ।

हेर्नुस् रियाको नग्न नृत्यको भिडियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा