back
CTIZAN AD

कविताः नारी

वि.सं.२०७७ चैत ७ शनिवार

705 

shares

जुवा थापे नारी प्रचलन भयो दाउ तनको
कहाँ जाउन् माता कुन स्थल छ यो बिश्व भरको
पुगिन् सीता लंका करुण पल ती व्यग्र छुटिँदा
भयो धेरै पीडा छटपट निकै देह लुटिँदा ।।१।।

तिमी चेली आयौ भुवनतलमा भार बहन
हुने जैले हिंसा मुलुक भरको घात सहन
जहाँ कृष्णा राधा सरस छ त्यहाँ पाप छ अति
भए राजा द्रोही कहर मनमा क्षोभ छ कति ।।२।।

मरे चेली हाम्रा दिनदिन भयो त्रास डर भो
सबै पापी मान्छे पतित खलको छैन भर जो
निरासाको जालो अँझ पनि अहो बढ्दछ पिया
कहाँ होला काया पतितजनको पोल्दछ हिया ।।३।।

कतै आशा छैनन् विरह मनमा दुख्दछ पल
झनै बढ्दो ऐले मनुज मनको दुष्ट छ छल
कठै छोरी जाती विचलित भए पीर वहमा
बलिन्धारा झर्ने नयन भरका अश्रु गहका ।।४।।

लुटे चेली आफ्नै पलपल यहाँ कष्ट विबश
बढे पापी जात्रै उपर तकमा दग्ध निरश
अहो हिंसा रोकौं अब त अति भो चीर हरण
गरे राम्रो आस्था अनुशरणमा शान्ति मरण ।।५।।

छन्द–शिखरिणी

वि.सं.२०७७ चैत ७ शनिवार ०६:०९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...