back
CTIZAN AD

कथा: रहस्य

वि.सं.२०७७ चैत ७ शनिवार

1.2K 

shares

मैतालिको सानो पसल थियो । पसलमा समान पनि कम्ति नै थियो । उनले पसल बढ़ाउनु नसके पनि उत्साह भने कैयाहरूलाई जितु जितु जतिकै जोडदार । उत्तीकै आँटिलो कुरा हाँक थिइन् । तर तिनको उकुशमुकुश भने एउटै थियो । सानो पसलमा उधारो भने ज्यादै चल्थ्यो । मेरी अन्तरी उसैको ग्राहक। दुबै यति घनिष्ठ थियो कि कुरा भनेको आन्द्रा भुडिकै हुन्थ्यो । मेरी अन्तरीलाई एउटा साबुन ल्याउनु पनि दुई घण्टा लाग्थ्यो । मैताली बहिनी र हाम्रो अन्तरीको गफ नै साह्रै गज्जबको । कुरा कुराहरूमा मैताली बहिनीले इमानेलाई मनपराएको अनि आफु भित्रभित्रै प्रेम गरेको कुरा पनि राख्थिन् ।

मैतालीको ग्राहकहरू नभएको चाँहि होइन् । तर सबै उधारोको ग्राहक थियो । पसल सुक्दै उठ्दै यसरी नै चल्थ्यो । पसले र ग्राहक दुबैको माझको जीवन । मैतालीको अर्को ग्राहक थियो इमाने । उसले गोजिमा हात हालेर पैसा देला जस्तै दोकानमा केही मागेर खाईवरी पैसा दिनुको साटो खैनी मजाले माडिवरी पडकाउदै हिसाब लेखिराख्नु । भोली दिईहाल्छु भनिवरी उसैको हुकुमनुसार खातामा कोरीदिराख्नु पथ्र्याे । के गरोस् त मैतालिले पनि, इमानेले खाएकै त छ धेरै उधारो ।

इमाने गफ हाक्नु खुप सिपालु थिए । कुरा कुराहरूमा मंगलग्रहको कुरा निस्किए पछि इमाने मंगलभित्रै पुगी त्यहाँको माटो टिपीसकेको हुन्थ्यो । कुनै बिषय निस्किए पनि उसैको बात माथि मिथि राख्थ्यो । कोईबेला त इमानेको बात साँच्चै सही हो कि भने जस्तै लाग्दथ्यो । उसले गफ जोत्नु खप्पिस् छ र अर्को उधारो खानु मात्र जानेको छ । गफ जोत्छ जोत्छ । फेरि ‘खै खै ! मैताली बहिनी एउटा सिग्रेट देउ न त’ भनेर मागिहाल्थ्यो । उधारो मागेको सुनेर मैताली पनि झर्किदै कराउथिइन् । जाउ–जाउ इमाने दिन्न । बाँकी धेरै भयो भन्थिन् । मैतालीको कुरा सुनेर इमाने पनि के कम झोक्किदै पाखुरा सुर्काएरै भन्थ्यो । ‘तिम्रो बाँकी खाएरै म मर्ने होइन । नाथे ! एउटा सिग्रेटमा पनि पत्ताउदैनौ हगि ! देउ न एउटा सिग्रेट पैसा भोली दिउला। कि नपत्ताएको ? एउटा सिग्रेटमा पनि । म खाएर गाउँ छोडि भाग्छु केउ ? हन ! तिम्रो खाएर आफ्नै इज्जत डुबाउने म मान्छे होइन बुझ्यौं नि ।’

इमानेको कुरा सुनेपछि के गरोस् मैतालीले पनि इमाने उसको पुरानो ग्राहक नै हो । अर्को कुरा मैतिलीले इमानेलाई मनपराउथिइन् । त्यसैले मानेको मन दुखाएर उ दुःखी हुन चाहान्थिनन । इमानेलाई अब एउटा सिग्रेट नदिई भएन । पुक्क फुलिएर बिच्किए जस्तै अभिनय गर्दै मैतालीले पनि एउटा सिग्रेट दिईन् । सलाई दिइन । अनि भनिन् – ‘हेर्नु है ! इमाने दाजु पर्सी खर्चमा एक दुई रूपियाँ दिएनौ भने तिम्रो बाउको बिहे देखाउँछु इमाने पनि सिग्रेट थापेर मुसुक्कै हाँस्दै सिग्रेट सल्काउछन् अनि सिग्रेटको धुवाँ मुस्लो मुस्लो बनाउँदै फुक्दै गफ जोत्नु थाल्छन् । नाम इमाने भए पनि उधारो खानुमा खप्पिस बैमानी थियो । गफ जोत्नु भनेपछि कसैलाई बोल्नुनै नदिने । तरै पनि कसैलाई दुःख र सुखको समय मद्दत गर्नु परे गुनिलो थियो इमाने। चाहेको भन्दा धेरै बोलेर नै त्यसले आफुलाई महत्वहीन् तुल्याए । के गरोस ? आफुलाई लागेको बानी छोडेनन् इमानेले पनि ।

इमाने हेर्दा सिकुटे मायालाग्दो देखिए पनि एक क्वीन्टलको भारी बोकेर मजाले हिड़्थ्यो । उसको गरिबीमा सहयोग गर्नेहरू कोहि निस्किएनन् । बरू प्रयोग गर्नेहरूले धेरै उसलाई प्रयोग गरेर–गरेर फित्कौलीले फ्याँकेको बस्तु झैं बनायो बिचारालाई । कति बिरोधको आवाजहरू घाँटीमा रोकेर दाँतले मात्र हाँस्नु सके होलान् । कति आशाको ढुकढुकीहरू पनि उफ्रियो होलान् उसको छात्ती भित्र भित्र । उसको दुःख र सुखको आभास हुन दिएनन । कहिले कसैलाई पनि । बरु गफसंग साट्यो उसले जीवनको अलिकति दुःखहरू अलिकति सुखहरु अलिकति आँशुहरु ।

अविवाहित मान्छे लगभग चालिस \एकचालीस बर्षे युवा एक बिहान उठेनन । सधैं हस्याङ्ग फस्याङ्ग् नफुर्तीलो देखीने केटा त्यसदिन कसरी चकमन्न पर्यो छक्कै पर्ने गरी । इमाने उठेनन् , दिनको १० बज्दा पनि । गाउँमा हल्लाखल्ला हुन्छ । गाउले सबै भेला हुन्छन् । घरको ढोका भने भित्रबाट बन्द गरेको रहेछ । त्यसैले ढोका तोडेर भित्र पस्नु बाध्य भयो ।

इमाने दिनभरी ठिकै देखेको मान्छे साँझतिर हाँसिरहेको गफिरहेको तर बिहानी पख ओछ्यानमा लमतन्न निर्जीव शरीर मात्र भेटियो । कसरी यस्तो भयो जाँच बुझ गरियो । इमानेले बेलुकि खाना खाएरै सुतेको थिएछ । कालो भातको डेक्चीमा अलिकति भात र डल्ले भाडामा पिठोको सोलदोर कालै कराईमा अलिकति जंगली च्याउ पकाएर खाई अलिकति बिहानलाई साँचेर सुतेको थिएछ । तर यि खाना मध्ये जंगली च्याउ बिषालु हुनाले इमानेको ज्यान गएको हो भनि शंका भने उब्जिरह्यो । साँच्चै इमाने सबैलाई अच्चभित पारेर मरेकै त रहेछ । कसैलाई कहिले गफ नगर्ने गरि, उसले संसारबाट बिदा लिएकै त रहेछ नि । हिज गफ गरिरहेको मान्छे त्यस दिन मुर्दा बनेर लडिरहेको थियो ।

मैताली बहिनी खुब रोइन् । आँखा रातै परि रोइन् । इमानेको निर्जीव शरीरमाथि शिर राखेर मैतालि बेहाल बनिन् । बेहोश परिन् ।

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:१२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...