यि आँखैका दृश्यले पनि सधैं मनोमानी गर्छन्
बर्बर आँसुको भेलै होस् चोखोनिउँतो ठहर्छन्
पिडा कति सस्तो छ यो जल्हादको दुनियाँमा
मृत्युको कष्ट उठाउँनेहरु सधैंका तल पर्छन्
नतमस्तक छन् धर्मवादी उदयीका आशावादी
क्वै तेजस्वी अज्ञानताले नबुझी दृढता भर्छन्
विह्वल प्राणहरु निन्द्रामा टिप इच्छा त उहिँ हो
ताण्डव त्यो जीवितै राखी अर्को पुस्तामा सर्छन्
हजार घोर हाहाकार काफी छ मानवको भाषामा
फुट–दुराचारमा परमतत्त्वहरु के–के खोजेर मर्छन् ।।।
वि.सं.२०७७ चैत ७ शनिवार ०६:१४ मा प्रकाशित






























