back
CTIZAN AD

पाँच मुक्तकहरु

वि.सं.२०७७ चैत ७ शनिवार

630 

shares

१.
मिठा मिठा बात खोज्छन माया लाउनेहरु
फगत मधुर रात खोज्छन माया लाउनेहरु
फकाई फकाई अन्तरंग सबै हर्छन पहिला
अन्तमा चाँहि जात सोध्छन माया लाउनेहरु ।।
२.
निसास्सिएर आफ्नै हालमा रहन्छु बदनाम नगर
बरु खुल्ला भन अर्कै दिशा बहन्छु बदनाम नगर
दुनियााँ सामु अनेक कुरा लगाएर हिड्नु भन्दा त
चटक्कै झिकेर लैजाऊ मुटु सहन्छु बदनाम नगर ।
३.
अचम्म लाग्छ रुपैयाँ खर्चेर कसरि किन्छन खै
मन नभाका मान्छेले मन नै कसरि चिन्छन खै
धनकै दम्भमा कति मन निचोरिएका छन यहाँ,
यि मान्छेहरु धनसँग मन कसरि तौलिन्छन खै ?
४.
बासी भातलाई फ्राईङ्ग राईस रे कस्तो अचम्म छ ।
त्यहि खाँदा पनि भेरी नाईस रे कस्तो अचम्म छ ।
मासुसँग भुटेको भात मस्त चपाएको देखे पछि,
आहा बिरयानी कहाँ पाईस रे कस्तो अचम्म छ ।
५.
आउछन छेउछाउ घरिघरि बुझ्नै सकिएन
अनि गर्छन सक्दो मनपरी बुझ्नै सकिएन
भन्नेहरुले त तिम्रा आफ्नै मानिस भन्छन्,
फेरि किन रुवाउँछन धर्धरी बुझ्नै सकिएन ।

वि.सं.२०७७ चैत ७ शनिवार ०६:१५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...