
८ चैत्र, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले ९.२० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ३७१ रुपैयाँ कायम गरेको छ ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।