back
CTIZAN AD

अन्तिम टि-२० जित निकाल्दैँ भारतले जित्यो श्रृखला, कोहलीले तोडे फिंचको किर्तिमान

वि.सं.२०७७ चैत ८ आइतवार

600 

shares

८ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको अन्तिम टि-२० मा भारतले ३६ रनले जित निकाल्दैँ श्रृखला आफ्नो नाममा गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर विशाल २२४ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८० रन बनाएका थिए । त्यसैगरी ओपनर रोहित शर्माले ६४, सूर्याकुमार यादवले ३२ र हार्दिक पांड्याले ३९ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा आदिल रसिद र बेन स्टोक्सले १ १ विकेट हात पारेका थिए ।

भारतले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको इंल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । इंल्याण्डका लागि डविड मलानले सर्वाधिक ६८ रन बनाएका थिए भने जस बटलरले ५२ रन बनाएका थिए । भारतका लागि बलिङ्गमा भने शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगे भारतले ५ खेलको टि-२० श्रृखलामा ३-२ ले आफ्नो नाममा गरेको छ ।

त्यसैगरी यो अन्तिम टि-२० भारतका कप्तान विराट कोहलीले नयाँ किर्तिमान आफ्नो नाममा बनाएका छन । उनले अष्ट्रेलियाका कप्तान एरण फिंचलाई पछि पार्दै कप्तानका रुपमा टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन । विराट कोहलीले ४५ टि-२० खेलमा कप्तानी गरेका छन जसमा उनले १५०२ रन बनाएका छन । दोस्रो स्थानमा रहेको एरण फिंचले ४४ खेलबाट १४६२ रन बनाएका छन ।

वि.सं.२०७७ चैत ८ आइतवार १०:१७ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...