back

नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा पुनः डा. शितलकाजी श्रेष्ठ निर्वाचित

वि.सं.२०७७ चैत ८ आइतवार

177 

shares
NTC AD
Global IME AD

८ चैत, काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा पुनः डा.शितलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा चैत ६ गते सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा पशुसेवा विभागका निर्वतमान महानिर्देशक डा. वंशी शर्मालाई पछि पार्दै ३८६ मतसहित डा. श्रेष्ठ पुनः तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा निवर्तमान महासचिव डा.गृष्म न्यौपानेलाई पछि पार्दै गर्दै डा. कृष्ण काफ्ले निर्वाचित छन् भने महासचिवमा डा. अशेष भट्टराई, सचिवमा डा. रामचन्द्र सापकोटा, प्रधान सम्पादकमा डा. सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् । साथै कोषाध्यक्षमा सिकेश मानन्धर निर्वाचित भएका छन् ।

कार्यकारिणी समितिको केन्द्रीय सदस्य पदमा १२ जना प्रतिस्पर्धीबाट ६ जना निर्वाचित हुने व्यवस्था रहे अनुसार डा.शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजित कुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य र डा.सविना लम्साल निर्वाचित भएका छन् ।

सातै प्रदेशमा एसोसिएसनको प्रादेशिक समितिहरूको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक समितिका अध्यक्षहरू केन्द्रीय कार्यसमितिको सदस्य रहने व्यवस्था छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १२:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...