back
CTIZAN AD

नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा पुनः डा. शितलकाजी श्रेष्ठ निर्वाचित

वि.सं.२०७७ चैत ८ आइतवार

783 

shares

८ चैत, काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा पुनः डा.शितलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा चैत ६ गते सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा पशुसेवा विभागका निर्वतमान महानिर्देशक डा. वंशी शर्मालाई पछि पार्दै ३८६ मतसहित डा. श्रेष्ठ पुनः तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा निवर्तमान महासचिव डा.गृष्म न्यौपानेलाई पछि पार्दै गर्दै डा. कृष्ण काफ्ले निर्वाचित छन् भने महासचिवमा डा. अशेष भट्टराई, सचिवमा डा. रामचन्द्र सापकोटा, प्रधान सम्पादकमा डा. सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् । साथै कोषाध्यक्षमा सिकेश मानन्धर निर्वाचित भएका छन् ।

कार्यकारिणी समितिको केन्द्रीय सदस्य पदमा १२ जना प्रतिस्पर्धीबाट ६ जना निर्वाचित हुने व्यवस्था रहे अनुसार डा.शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजित कुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य र डा.सविना लम्साल निर्वाचित भएका छन् ।

सातै प्रदेशमा एसोसिएसनको प्रादेशिक समितिहरूको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक समितिका अध्यक्षहरू केन्द्रीय कार्यसमितिको सदस्य रहने व्यवस्था छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १२:४९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...