back
CTIZAN AD

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

वि.सं.२०७७ चैत ८ आइतवार

675 

shares

८ चैत, कठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”

पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उनले बताए। भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्ति जनाएका छन् ।

“कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ, “उनको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहेको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।”
रासस

वि.सं.२०७७ चैत ८ आइतवार १२:३६ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...