back
CTIZAN AD

भारतमा कोरोना कहरः घट्ला भन्दा झन बढ्यो, २४ घण्टामा ४३ हजार बढी संक्रमित

वि.सं.२०७७ चैत ८ आइतवार

651 

shares

८ चैत, काठमाडौं । कोरोना संक्रमणको विश्वव्यापी महामारी सुरु भएको पनि एकवर्ष नाघिसकेको छ । तर, विश्वबाट कोरोना महामारी विस्तारै हराउँदै जाला भन्दा झन नयाँ–नयाँ रुपबाट संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।

नेपालमा पछिल्लो पटक दैनिक ४ हजारको हाराहारीमा गरिएको नमुना परीक्षणका क्रममा १ सयको हाराहारीमा संक्रमित फेला परेको अवस्था छ । तर, अमेरिका, युरोप, भारत लगायतका केही देशमा पछिल्लोपटक बढ्दै गएको कोरोना संक्रमणले नेपालमा पनि फेरि भयावह रुप लिने हो कि भन्नेमा चिन्ता व्यक्त गरिएको छ ।

भारतमा केही दिनयता कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । भारतका केही सहरमा पुनः लकडाउन घोषणा गरेर कोरोना संक्रमितहरुको जाँचमा तिब्रता दिनुका साथै कोरोनाको भ्याक्सिनमा पनि बढी जोड दिइएको छ । पछिल्लो अवस्थामा गरिएको एक अनुसन्धानका क्रममा भारतमा एक व्यक्तिले पाँचजनामा कोरोना संक्रमण गराएको तथ्य बाहिर आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा झण्डै ४४ हजारको हाराहारीमा संक्रमितहरु फेला परेका छन् । यो तथ्यांक साढे तीन महिना यताकै बढी रहेको बताइएको छ । गत २० नोभेम्बर २०२० मा एकैदिन ४३ हजार १७४ जना संक्रमित भेटिएका थिए । त्यसयता शनिबार सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

भारतको स्वास्थ्य मन्त्रालका अनुसार पछिल्ला दिनमा २२ हजारको हाराहारीमा कोरोना संक्रमित पुष्टि हुँदै गएकोमा शनिबार सबैभन्दा बढी संक्रमित पुष्टि भएका हुन् । साथै शनिबार एकैदिन १९७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख भन्दा बढी रहेको छ । तिब्र रुपमा कोरोना संक्रमण बढिरहेको अवस्थामा तीनदिनमा झण्डै १ लाख भन्दा बढी सक्रिय संक्रमित थपिएको बताइएको छ । भारतमा ८ दिनयता कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । १२ मार्चसम्म १ लाख ९९ हजार २२ जना सक्रिय संक्रमितको उपचार भइरहेको अवस्थामा ८ दिनमै सक्रिय संक्रमितको संख्या ३ लाख ९ हजार ८७ पुगेको हो ।

संक्रमणबाट १ लाख ५९ हजारको मृत्यु

भारतमा हालसम्म १ करोड १५ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १ करोड ११ लाख संक्रमित निको भइसकेका छन् । कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार भारतमा १ लाख ५९ हजारले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी पछिल्ला दिनमा सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा महाराष्ट अगाडि देखिएको छ । त्यहाँ शनिबार मात्रै २७ हजार १२६ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण सुरु भएयता महाराष्ट्रमा एकैदिन २७ हजार बढी संक्रमित थपिएको हालसम्मकै बढी भएको बताइएको छ ।

महाराष्ट्रमा शनिबार २७ हजार १२६ जना संक्रमित भएका छन् भने १३ हजार ५८८ जना निको भएको र ९२ जनाको मृत्यु भएको बताइएको छ ।
महाराष्ट्रमा हालसम्म २४ लाख ४९ हजार जना कोरोना संक्रमित भइसकेका छन् । जसमा १ लाख ९१ हजार सक्रिय कोरोना संक्रमितको उपचार भइरहेको छ । २२ लाख ३ हजार निको भएका छन् । महाराष्ट्रमा मात्रै ५३ हजार ३०८ जनाले ज्यान गुमाएको तथ्यांक रहेको छ ।

महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि युके, युरोप, गल्फ, साउथ अफ्रिका तथा ब्राजिलबाट मुम्बई आउनेहरुलाई ७ दिन क्वारेन्टिनमा राख्नुपर्ने सर्कुलर जारी गरिएको छ ।

यी राज्यमा लकडाउन
कोरोना संक्रमण बढ्दै गएपछि पंजावमा १८ मार्चसम्मका लागि सबै कलेज बन्द गरिनुका साथै परीक्षाहरु पनि रद्द गरिएको छ । पंजाव सरकारको गाइडलाइन अनुसार राज्यमा मेडिकल, नर्सिङ कलेज, बाहेक सबै शैक्षिक संस्थाहरु ३१ मार्चसम्मका लागि बन्द गरिएको छ । सिनेमा हलहरुमा ५० प्रतिशत मात्र राख्न पाउने गरि अनुमति दिइएको छ ।
त्यस्तै मध्येप्रदेशका भोपाल, इन्दौर र जबलपुरमा आइतबार देखि सोमबार ६ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १३:५१ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...